काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको जनाएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे ।
राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समिक्षा कार्यक्रममा समस्या समाधानका लागि सामुहिक प्रयास आवश्यक हुने जनाए । उनले प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन दिएका छन् ।
विशेष प्रशिक्षणमा कराते बक्सिङ, उसृु, जुडो, कवड्डी, महिला भलिबल, गल्फ, कुश्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरु विशेष प्रशिक्षणमा रहेका छन् ।


















