काठमाडौं । एक मदिरा सप्लायर्सविरुद्ध साढे ५ करोडको राजस्व चुहावट मुद्दा दर्ता भएको छ ।
फर्म संस्कार ट्रेडर्सका प्रोपाइटर होमप्रसाद चालिसेविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।
मदिराको अन्तःशुल्क प्रणालीमा प्रविष्ट नगरी चोरी निष्कासन गरी अन्तःशुल्क राजस्व छली गरेको आरोप छ । ५ करोड ५१ लाख १८ हजार ४९२ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।