पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किए

9

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखाबाट काठमाडौं फर्किएका छन्।

पूर्वराजा शाह शुक्रबार गोरखा गएका थिए। गोरखामा शनिबार उनले गोरखनाथ मन्दिरमा दर्शन गरेका थिए। त्यसपछि उनले आइतबार मनकामना मन्दिर दर्शन गरेका थिए।

सडकमार्ग हुँदै काठमाडौं फर्किएका पूर्वराजा शाहलाई स्थानीयहरूले ठाउँठाउँमा स्वागत गरेका थिए। उनको स्वागतका लागि बाटोमा ठाउँठाउँमा घडाहरूसमेत राखिएको थियो। त्यही क्रममा पूर्वाराजा शाहको पक्षमा समर्थकहरूले नारासमेत लगाएका थिए।

सर्वसाधारणले मात्रै नभइ नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले पनि पूर्वराजाको पक्षमा नारा लगाएको जनाइएको छ। नुवाकोटको विदुरमा माओवादी कार्यकर्ता रुपा अर्यालले पूर्वराजा शाहको पक्षमा नारा लगाएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here