मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन जारी

11

सुर्खेत  ।  मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचन जारी  रहेकाे छ। यस अघि पटक पटक रोकिएको निर्वाचन आज भएकाे हाे ।  बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो । आजको निर्वाचनमा चार हजार ३ सय ८३ जना विद्यार्थीले मतदानमा सहभागीता जनाउँदैछन् ।

स्ववियु नेतृत्वका लागि सात राजनीतिक दलनिकट विद्यार्थी संगठन र एक स्वतन्त्र उम्मेदवार भिड्दैछन् । निर्वाचनमा कांग्रेस निकट नेविसंघबाट विवेक खड्का, एमाले निकट अनेरास्ववियुबाट जगतजंग शाही, माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट प्रकाश विक, एकीकृत समाजवादी निकट अनेरास्ववियूबाट चिनबहादुर सहकारीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंबाट लेलिनकुमार रेग्मी, राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार र स्वतन्त्र रूपमा मिलन बिसीले सभापतिमा उम्मेदवारी दिएका छन् ।

सचिव र कोषाध्यक्षमा पनि दुई जनाले स्वतन्त्र उम्मेदवारी दिँदा सदस्यमा ३३ जनाले उम्मेदवारी दिएका छन् । यस पटक कुनैपनि संगठनले एकअर्कासँग गठबन्धन गरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here