एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारमा विस्फोट भएको छ । रुसी गुप्तचर एजेन्सी एफएसबीको मुख्यालयबाहिर पुटिनको लग्जरी लिमोजिन कारमा विस्फोट भएको हो ।
रिपोर्टअनुसार विस्फोटपछि सो कारमा आगो लागेको थियो । यद्यपि यो एउटा हत्याको षड्यन्त्र थियो वा दुर्घटना मात्रै थियो भन्ने स्पष्ट भइसकेको छैन ।
यो घटनापछि पुटिनको सुरक्षालाई लिएर राष्ट्रपति कार्यालयको चिन्ता बढेको छ ।