काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएको छ । आज पनि आन्दोलनलाई निरन्तरता दिएका शिक्षकहरुले बानेश्वर क्षेत्रको तीन ओटै लेन कब्जा गरी प्रदर्शन गर्ने प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई रोकेपछि केही समय बानेश्वरमा स्थिती असामान्य बनेको थियो ।
बनेश्वर क्षेत्रमा पानी परिरहेको छ । तर शिक्षकहरुले छाता ओढरेै भएपनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
शिक्षकहरु यो पटकको आन्दोलन निर्णायक बनाएरै छाड्ने मनस्थितिमा छन् । सरकारले पटक पटक वार्तामा बोलाएपनि उनीहरुले वार्तामा बस्न अस्वीकार गर्दै आएका छन् । आफूहरुले यसअघि नै सरकारसँग सहमति गरिसकेका कारण सो सहमति कार्यान्ययन गरे फेरि वार्तामा बस्न आवश्यक नरहेको शिक्षकहरुको धारणा छ ।