काठमाडौं । भोजपुर, पौवादुङमा गाउँपालिका-४ पिपले बस्ने फरिन्द्र पौडेलको घर तथा गोठ, उनकै भतिजा केशव पौडेलको घर र सोही ठाउँ बस्ने छत्र बहादुर पौडेलको गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ८५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, सखुवा प्रसौनी गाउँपालिका-५ महुवन टोल बस्ने बद्रि रामको घरमा शनिबार बेलुकी आगलागी हुँदा २ लाख १० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । डडेल्धुरा, नवदुर्गा गाउँपालिका-२ स्थित नवदुर्गा गाउँपालिकाको स्वास्थ्य शाखा कार्यालयको भवनमा शनिबार दिउँसो आगलागी हुँदा विभिन्न प्रकारको औषधि, प्रिन्टर १ थान, ल्यापटप १ थान, टेबल २ थान, कुर्सी ८ थान लगायतका सरसामान जलेर करिब ३२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
चितवन, माडी नगरपालिका-२ शितलपुर बासुचोक बस्ने विणा बिकको घरमा शनिबार दिउँसो आगलागी हुँदा १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । रौतहट, फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोल बस्ने जफरूल महमदको गोठ र किचेनमा गए राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















