काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्यको बिर्सिएको जनाएका छन्।
आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। उनले सरकारको तर्फबाट अहिले नयाँ शिक्षामन्त्री आएको र शिक्षकहरुको माग पूरा गर्न पहल गर्नेमा विश्वस्त रहेको बताए।
उनले शिक्षकहरू यति लामो समयसम्म आन्दोलनमा रहनु राम्रो नभएको बताए। उनले शिक्षकहरू यति लामो समयसम्म आन्दोलनमा रहनु सरकारको अकर्मण्यता भएको जिकिर गरे। सरकारले बाटो बिराउँदा त्यसको नतिजा सडकमा देखिएको उनको भनाइ थियो।
‘सरकारले पटक–पटक गरेको सम्झौता र वार्तामा बसेर निर्णय गरेर दुई पक्षीय छलफल गरेर कार्यान्वयनमा जानुपर्नेमा सरकार चुकिरहेको छ। सरकारले आफ्नो बाटो बिराएकोको रिजल्ट हो यो,’ उनले भने।


















