पत्रका आधारमा नाउपाका संरक्षकलाई पक्राउ गरिएको स्पष्ट

32

काठमाडौं । सरकारले सर्वोच्च अदालतले जारी गरेको पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको स्पष्ट पारेको छ ।

सरकारका कानुनी सल्लाहकार समेत रहेका महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतको पत्रका आधारमा चौधरी पक्राउ परेको आफूले थाहा पाएको जनाए ।

‘सर्वोच्चबाट आजकै मितिमा पत्र गएको रहेछ, सोही पत्रको आधारमा पक्राउ परेको भन्ने कुरा आएको छ’ बडालका अनुसार  ‘मुद्दा विचाराधिन भएको विषयमा कसरी पत्र गयो, हामी आश्चर्यमा परेका छौं । सर्वोच्च अदालतले अर्को पत्र पठाउनासाथ उहाँका बारेमा अरु निर्णय होला ।’

उनले यसबारे थप विवरण आफूले बुझिरहेको जनाए ।

प्रहरीले सर्वोच्चको पत्रको आधारमा चौधरीलाई आजै केहीबेरअघि पक्राउ गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here