धनगढी । कैलालीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जानकी गाउँपालिका-३ को डुडेझारी सडकखण्डमा वडा कार्यालय अगाडि बुधबार दिउँसो से५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको अवस्था पनि गम्भीर रहेको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


















