नेपाल स्टक एक्सचेन्ज झिनो अंकले वृद्धि

11

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले वृद्धि भएको छ।

केही दिनदेखि लगातार घटेको नेप्से आज १.०३ अंकले वृद्धि हुँदै २६११ विन्दुमा पुगेको हो।

झिनो अंकले नेप्से बढेसँगै १२० कम्पनीको सेयर मूल्य बढ्दा १२६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। जसमा चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबारमध्ये चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र रिढी पावर कम्पनी लिमिटेड रहेका छन्।

यस्तै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ। यो कम्पनीले आज मात्रै प्रतिसेयर २८३ रुपैयाँ गुमाएको छ। आज आठ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here