सिराहा । भगवानपुर गाउँपालिका-१ कल्याणपुर बस्ने सम्पैतलाल पंडितको गोठमा गए राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सिराहा, मिर्चैया नगरपालिका-७ बस्ने रंजित कुमार साहले सोही नगरपालिका-६ स्थित संचालन गरेको जय भवानी टेड्रर्स कवाडी कारखानामा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















