मृत अवस्थामा फेला

16

काठमाडौं। काठमाडौं महानगरपालिका-३१ भीमसेन गोलास्थित भत्केको पुलमुनी हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४९ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, लेटाङ नगरपालिका-३ ईमानसिंह चेम्जोङ पार्क अगाडि सोही नगरपालिका- ६ सालबारी बस्ने ६० वर्षीय शन्त बहादुर दर्जी सोमबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी, राजबिराज नगरपालिका-१२ बस्ने २२ वर्षीय राधेश्याम खंग बिष्णुपुर गाउँपालिका-६ गोरगामास्थित नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धनकुटा, धनकुटा नगरपालिका-१ हिले थिङटोल बस्ने ८१ वर्षीय चन्द्र बहादुर राई सोही ठाउँस्थित विद्युत कार्यालय छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्युठान, प्युठान नगरपालिका-४ कार्कीडाँडा बस्ने ७५ वर्षीय हर्क बहादुर नेपाली आफ्नै घरको पिँढीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । चितवन, इच्छाकामना गाउँपालिका-४ कुरिनटार बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here