काठमाडौं । सांसद दयालबहादुर शाहीले व्यवसायीको धम्कीबाट नडराउन सरकारलाई सुझाव दिएका छन् । यातायात व्यवसायीका नाजायज माग पुरा नगर्न भौतिक मन्त्री देवेन्द्र दाहाललाई उनले आग्रह गरे ।
‘बरु ६ महिना यात्रा नगरौँ । यातायात व्यवसायीको धम्कीबाट नडराऔँ,’ उनले भने,’अराजक समूहका नाजायज माग सम्बोधन गर्नु हुँदैन ।’

















