काठामाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको थुनछेक बहस सकिएको छ । उनी आज काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । न्यायाधीश तारादेवी महर्जनको इजलासमा मिश्रको थुनछेक बहस भएको छ । गत चैत्र १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरुको आन्दोलनको क्रममा घटेको हिंसात्मक घट्नामा मिश्रलाई दोषी बनाईएको छ ।
उनी लामो समय हिरासत बसाईपछि बन्दी प्रत्यक्षीकरणको रिटमार्फत हाजिरी जमानीमा रिहा भएका थिए । तर, यो बीचमा उनी सम्पर्कमा नआएपछि प्रहरीले पूनः पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ ।