काठमाडौं । विशेष अदालतले अदालतको अवहेलना सम्वन्धी एक प्रतिवेदनमाथिको छलफलका क्रममा अहिलेसम्मकै बृहत्तर आकारको इजलास गठन भएको छ ।
विशेष अदालतका छ जना कर्मचारीहरुले दृष्टि साप्ताहिक र अनलाइनमा प्रकाशित समाचारले अवहेलना भएको भन्दै प्रतिवेदन पेश गरेका थिए । त्यही प्रतिवेदनमाथि सुनुवाई गर्न विशेष अदालतका ६ जना न्यायाधीश सम्मिलित इजलास गठन गरिएको हो ।
सामान्यतया: विशेष अदालतले भ्रष्टाचार मुद्दाको सुनुवाईमा तीन जना बाहेकका न्यायाधीशको इजलास गठन गरेको थिएन । तर, अवहेलनाको विषय जोडिएको भन्दै सबै न्यायाधीश सम्मिलित इजलास गठन गरेको हो ।
















