काठमाडौं । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा स्थानीय उद्यमी व्यवसायी हरुलाई डिजिटल सशक्तिकरण साक्षरता कार्यक्रमको आयोजना शुक्रवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्य “सुनिता” को गरिमामय आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथीमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फवाट कार्यकारणी केन्द्रीय सदस्य डिवी वस्नेत, पूर्व महाबाणिज्यदूत वरिष्ठ परामर्श विज्ञ मदन केसी, मंगल मल्टिपल क्याम्पसका प्रिन्सिपल प्रदीप महर्जन तथा रूरल सेक्टर विज्ञ एवम् चोभारका विशेष प्रतिभाशाली महिला डा. साहारा के.सी.,को उपस्थिति जनाइएको थियो ।
उक्त कार्यक्रममा कीर्तिपुरका उप प्रमुखर शाक्यले कीर्तिपुरमा नयाँ प्रविधीवाट ब्यवसायीहरूलाई डिजीलाइज गरेर थप व्यापार व्यवसायमा वृद्धि विकास हुने र कीर्तिपुर उद्योग वाणिज्य संघसंग मिलेर स्थानीय उत्पादनलाई बृद्वि िवकास उत्पादनलाई ब्य्राण्डिंग गरेर सबै व्यवसायीहरू एकिकृत पारेर थप आयआर्जन गर्न सकिने कुरा जनाउनु भयो । साथै कीर्तिपुरमा रहेका खाली जमीनहरूलाई सही ढंगवाट प्रविधीमैत्री बनाई कृषिमा आकर्षित गराई स्थानीयहरुलाई सो जग्गामा कृषि पर्यटन खेती गर्न सक्ने संम्भावना प्रवल रहेको सहर्ष जानकारी गराई गराई उक्त जग्गालाई त्रि।वि सँग सहकार्य गर्न सकिने भावना व्यक्त गर्नु भयो ।
सोही डिजीटल सशक्तीकरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कृषि उद्यमी विकास समितिकाका सभापति डि.वि. वस्नेतबाट उद्योग वाणिज्यसंघको
महत्व र कार्यशैली एवम् नगरपालिका संग सहकार्य गरेर अगाडि बढ्ने र कृषिमा आधुनिकीकरण गरी नयाँ फड्को मार्न सकिने जानकारी गराउनु भयो ।
विशिष्ट अतिथीका पाल्नु भएका पूर्व थाई महावाणिज्यदूत मदन के।शी।बाट स्थानीय युवाहरुलाई रोजगारीका लागि थप क्षमता विकास तालिम अभिकरण अभिमुखीकरण कार्यक्रम गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष राजालक्ष्मी शाक्यले थप नयाँ प्रविधी अपनाएर ब्यापारीहरूलाई निः शुल्क तालिम आयोजना गरी व्यवसाय वृद्धि गर्नुपर्ने र यसवाट स्थानीय सरकारलाई थप राजस्व वृद्धि विकास गर्न सकिने कुरा बताउनु भएको थियो। यस कार्यक्रममा कीर्तिपुर उद्योग वााणिष्य संघका उपाध्यक्ष रूकेश महर्जन, महासचिव विकास महर्जन , कोषाध्यक्ष ममता महर्जन, सचिव विकास महर्जन लगायत सम्पूर्ण संघ परिवारको उपस्थिती रहेको थियो । उक्त डिजीटल साक्षरता कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो भने, नेपाल फिलिलि टेक प्रा.लि. बाट प्राविधिक नयाँ डिजीटल साक्षरता कार्यक्रमको निःशुल्क तालिम दिनु भएको थियो ।
सहभागिता जनाउनु भएका सम्पूर्णले यो नयाँ प्रविधी निकै लाभदायक उपलब्धीमूलक रहेको बताउनु भएको थियो ।


















