आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु

28

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ।

प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ। सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो।

सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ।

नयाँ आर्थिक वर्षले खास गरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ। यसले राजस्व, शुल्क, जरिवाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ।

तीन तहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवात हुनेछ। करको दरमा भएको परिवर्तनमध्ये आजदेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन्। विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आजदेखि सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here