दुई करोड ५८ लाख कोरोना संक्रमित, मृत्यु हुने आठ लाख ६१ हजार नाघ्याे

74

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ६१ हजार एक सय ३६ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ८१ लाख ९१ हजार १४ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८८ हजार नौ सय ६, ब्राजिलमा एक लाख २२ हजार ६ सय ८१, भारतमा ६६ हजार चार सय ६०, मेक्सिकोमा ६५ हजार दुइ सय ४१ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ३९ जना नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here