बालिकालाई करणी गरेको अभियोगमा ६४ वर्षीय पक्राउ

27

पर्वत ।  ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक ६४ वर्षीय पुरुष पक्राउ परेका छन्।

जिल्लाको बिहादी गाउँपालिका–६, चर्काङका भुवानन्द तिवारीलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षबाट उजुरी परेपछि प्रहरी चौकी, सेतीवेणीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका तिवारीमाथि जिल्ला प्रहरी कार्यालय, पर्वतले थप अनुसन्धान अगाडि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here