कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै सत्याग्रह सुरु

27

काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ ।

माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर उनले सत्याग्रह सुरु गरेका हुन् । उनी परालको गुन्द्री माथि कम्बल ओछ्याएर बसेका छन् । छेउँमा बाँसका भाटा राखेका छन् ।

उनले ‘पैसा छैन नीति देउ, आत्मनिर्भर समाज बनाऔं,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौं,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड पनि साथमा राखेका छन् ।

उनलाई स्थानीय अगुवा र केही जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् ।

सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार दक्षिण गेट अगाडि सत्याग्रह सुरु गर्ने उनको योजना थियो । तर त्यहाँ निषेधित क्षेत्र तोकिएकाले उनी माइतीघर मण्डलामा बसेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here