मुस्ताङमा संक्रमित बढेेेेपछि भेन्टिलेटर र उपचारकक्ष अभाव

153

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङमा लक्षण सहितका कोरोना संक्रमित संख्या बढेपछि स्थानीय त्रसित भएका छन्। नयाँ भेरियन्टको कोरोनाबाट अहिलेसम्म मुस्ताङमा ८९ जना संक्रमित भएका स्वास्थ्य कार्यालय  मुस्ताङले जनाएको छ।

चारवटा गाउँपालिका रहेको मुस्ताङका सबै गाउँपालिकामा संक्रमित देखिएका स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले जानकारी दिए। उनका अनुसार सङ्क्रमितलाई होम आइसोलेसन र अस्पतालमा राखिएको छ। उनीहरू उच्च निगरानीमा रहेका जनाइएको छ।

लक्षण सहितका धेरै संक्रमितलाई  अक्सिजन आवश्यक रहेको उनले जनाए। मुस्ताङ अस्पतालमा ६ शय्याको आइसोलेसन बनाइएको र ती ६ वटै शय्यामा अक्सिजन व्यवस्था रहेपनि भेन्टिलेटर र सघन उपचार कक्ष नहुँदा समस्या भएको भण्डारीले जानकारी दिए।

मुस्ताङको जनसंख्या करिब १३ हजार हाराहारी छ। थोरै जनसंख्या भएपनि जिल्लाको क्षेत्रफल ठूलो भएको र छरिएको बस्ती भएकाले व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here