श्री नगर । पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा कमान्डरले सो घटनाको नेतृत्व गरेको अनुमान गरिएका सुलेमानको ज्यान लिएको छ। श्री नगरको डाचिगम जङ्गलमा ती व्यक्ति मारिएका हुन्। घटनामा अन्य दुई जना पनि मारिए पनि उनीहरूको घटनामा संलग्नता बारे प्रस्ट भएको छैन।
अपरेसन महादेवको नाममा सोमबार भएको आक्रमणमा मारिएका तीन जना नै लक्षर यी ताइवासँग सम्बन्धित छन्।
पहलगाममा कम्तीमा २६ जनाको ज्यान जाने गरी आक्रमण भएको थियो।


















