अमेरिका । प्रवासमा रहेका रास्वपा समर्थकहरूको संगठित अभियानअन्तर्गत, अमेरिकाभर नवगठित ९ वटा राज्य समितिहरूको औपचारिक घोषणा तथा सामूहिक सपथ ग्रहण कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रास्वपा कार्यवाहक सभापति तथा संघीय सांसद माननीय डा. डीपी अर्यालको उपस्थिति थियो ।
साथै, सांसद हरि ढकाल, रास्वपा गैरआवासीय विभागका उप–प्रमुख डा. प्रणय राणा, रास्वपा केन्द्रीय प्रवास विभागका सचिव पदमराज पन्थी, अमेरिका समन्वयकर्ता शिशिर भट्ट तथा अन्य केन्द्रीय नेताहरूको पनि विशेष सहभागिता रहेको थियो ।
प्रवास नेपाली सम्पर्क विभाग – अमेरिका अन्तर्गत आयोजित उक्त समारोहमा विभाग प्रमुख रमेश भट्टले नवगठित ९ राज्य समितिका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूलाई औपचारिक रूपमा सपथ गराए ।
हालसम्म अमेरिकाका १२ वटा राज्यमा प्रवास रास्वपा समितिहरू गठन भइसकेका छन्, र ती समितिहरू पार्टीको मूल्य, उद्देश्य र नेपालको समृद्धिका लागि सक्रिय रूपमा अभियानमा जुटिरहेका छन् ।
नवगठित राज्य समितिहरूः
१. युटाह – रमेशराज सुवेदी (अध्यक्ष) तथा पदाधिकारीहरू
२. मेरिल्याण्ड – रिना केसी गौतम (अध्यक्ष) तथा पदाधिकारीहरू
३. भर्जिनिया – हरिकृष्ण पुडासैनी (अध्यक्ष) तथा पदाधिकारीहरू
४. न्यु जर्सी – नवराज पहरी (अध्यक्ष) तथा पदाधिकारीहरू
५. न्युयोर्क – रवि गौतम (अध्यक्ष) तथा पदाधिकारीहरू
६. न्यु ह्याम्पशायर – बिक्ष्या तिवारी (अध्यक्ष) तथा पदाधिकारीहरू
७. फ्लोरिडा – तारामान कठायत (अध्यक्ष) तथा पदाधिकारीहरू
८. इलिनोइस – प्रकाश जोशी (अध्यक्ष) तथा पदाधिकारीहरू
९. क्यालिफोर्निया – हरि ओझा (अध्यक्ष) तथा पदाधिकारीहरू

















