प्रशान्त महासगर
भृगु ऋषिले भगवान् विष्णुको छाती लात हानेको थियो । तर भगवान् विष्णुले आफ्नो छाती कठोर छ भन्दै कतै ऋषिवर तपाईं चोट पो लाग्यो भन्दै पाउ सुमसुम्याउन पुगे । यहि कुरालाई भगवान् भएपछि पूजा मात्र गरिन्छ सोच्नुहुन्न कहिले कहिँ त्यस विपरीत कुराहरूले जन्म लिन्छन् । त्यसको समाधान आफुसँग भएको कमि जुन कठोरता भनिएको छ त्यसबाट चोट पो लाग्यो कि याचना गरिनु नै भगवान् अर्थको सार हो । यहाँ मैले शिक्षित पार्ने शिक्षालयलाई भगवान् भन्न खोजेको हुँ भने भृगु ऋषिलाई दण्डित गर्नु भगवानको लक्ष्य होईन् । तर यहाँ उल्टो देखिईयो ।
समर्थन वा संरक्षण हुर्किएको नातीको बलात्कार हजुर बुबाले गरेको सामाजिक कुरितिको कथा जस्तै हामीले नहुर्काएको भए अरुले त्यसको दोहन शोषण गरिन्थ्यो भन्दै त्यसको अस्तित्व रहदैन् भन्दै फल खाने नीति जस्तोमा बौद्धिकता वा भगवान् विष्णुले दण्ड भृगु ऋषिलाई दिएको भए सृष्टि सन्तुलन आफ्नो अक्ष र कक्षमा हुने थिएन् । अत: भगवान् जस्तो स्वरुप पाएर पनि त्यसको मान्यता र मर्यादा बिर्सी जाने हो भने समाजको अर्थ रहने छैन् ।
सामुहिक आतंक संस्थागत रुपमा समाजमा स्थापित हुँदै जाने छ । अत: सहिद स्मारक कलेज वर्तमान अवस्थामा भगवान् विष्णु बनी सकेको प्रसंग जोड्दै जुन प्रयोजनको लागि निर्मित मन्दिर हो त्यही बनाउन हुन अनुरोध गर्दछु । साथै सम्पदा मासेर आम्दानी श्रोत खोज्दै आँगन भन्ने मिठाई पसललाई टेण्डर आह्वान गरि दिएको सो कार्य गलत हुन्, भृगु ऋषिले क्रोधमा चालेको कदम मान्दै सुधार पक्ष खोज्न हुनु अनुरोध छ ।
पोखरीको जग्गा संरक्षण गरेको भन्दै आफ्ना गल्तीहरु लुकाउनु हुन्न भन्दै ठमेल अवस्थित छाँया देवी कम्प्लेक्स भत्काउनुपर्छ भन्दै अदालतमा उजुरी परेको जानकारी गराउँदै यदि व्यक्तीले गरेको त्यो अपराध र यहाँ समुदायले गरिएको अपराध एउटै हुन् । हुन त कीर्तिपुरमा तीनवटा यस्ता शिक्षालयहरु छन् । त्यसको सुझबुझको लागि १० वडा छन् । एउटा नगरपालिका छ । आर्थिक अभावै कुरा मुख्य एजेन्डा मान्ने हो भने देश हाँक्ने पार्टीका अनेक सरोकारवालाहरु व्यवस्थापन समितिमा सदस्य छन्, के तिनीहरू पुज्नकै लागि मात्र पद वहाली राख्ने हो र ?
शिक्षालयका कमजोर पक्षमा सहायता जुटाउन सक्दैन् भने राजनैतिक नेतृत्व त्यहाँभित्र किन ? प्रश्नसँग थप एक अर्को प्रश्न आर्थिक भार सहिद स्मारक कलेजलाई मात्रै कसरी भो ? जवाफको पक्ष आन्तरिक केही होला, त्यसबाट अलग उपाय खोज्नुपर्छ । समस्या : सहिद स्मारक कलेजमा विगत विद्यार्थी अभावको समस्या थियो । आज भवनको अभाव भन्दै संरक्षणको लागि दिईएको प्राकृतिक सम्पदा जहाँ जलचरसँग सिधै सम्बन्ध हुन्थ्यो त्यो पुर्णरुपमा मासिएको छ ।
पोखरी आज कंकृतको भवन बनी ठडिएको छ । भवनलाई समस्या होईन् सामुहिक नीतिले भन्न सकेता पनि आजसम्म भनेको विगत ३३ वर्षसम्म पनि विवादरहित ठाउँ खोज्न नसक्नु आफैमा एउटा समस्या हो । शरण पर्नेलाई मरण गर्नु आफैमा पाप भनी शास्त्रमा उल्लेख छ । अज्ञानता गर्ने पाप भन्दा ज्ञानले गरिने पाप महापाप भनिन्छ । भगवान् श्री रामले धनुष, रावण विरुद्ध उठाउनु आफै युद्धमा होमिनु त्यो रामायणको सार थियो । विद्वानको ज्ञान बुद्धि काम गरेनन् भन्ने एउटा पाठ हो । अर्को भगवान् श्री कृष्णले युद्ध लडेनन् त्यसको अर्थ हो अज्ञान विरुद्ध ज्ञानको त्यो युद्ध थियो ।
ज्ञानले जित्छ, भगवान् जान्दछ । अब रह्यो कलियुग समस्या, राजनैतिक विचार विचरण हुनु जस्मा सत्ता र शक्तिको दुरुपयोग हुनुलाई मान्न सकिन्छ । कुन सहि र कुन असही भन्ने भन्दा समूहभित्र हुने नीतिगत असत्यलाई सत्य भन्न जमातलाई बथान परिणत गर्नु त्यो भने प्रबुद्ध व्यक्तिहरु अगुवाइमा सामाजिक कार्यसम्पादन गर्नुलाई बुझ्न सकिन्छ्न् जस्तै कि पोखरी मास्नु । आफ्नो जीवनकालको संघर्ष तदर्पण गरेर पनि पर्यावरण शुद्धिको लागि एउटा कुवा बनाउने सक्ने समुदाय नभएको कालखण्डमा कसैले यसो गर्न खोजे त्यो संरक्षक हामी भयौं हामीले त्यसको भोगचलन वा रजाई गर्नुपर्छ सोचिन्छन् भने त्यो पुन: रावणले गरेको महापाप नै हुनेछ ।
अत: यस्तो पापमा समाजले ताली पिट्नु हुन्न । यो एउटा कीर्तिपुर समाजमा समुहले गर्ने अन्य अन्य पापको लागि उदाहरण हुनेछ । भृगु ऋषिको क्रोधले भगवान् श्री विष्णुको छातीमा लात पर्नु जस्तै पोखरीमा भवन बन्नु हो । शिक्षाको लागि भनिएको भवन त्यसको आम्दानीबाट खर्च चलाउने योजना कुनैपनि दृष्टिकोणले राम्रो होईन् भने बनेको भवन पठनपाठन अहिलेसम्म पनि नहुनु वा विगतमा जस्तै कीर्तिपुर मा.वि. वा अन्य कुनै ठाउँमा भाडामा लिएर कलेज सञ्चालन नरहेकोले कतै भवनको खाँचो नै छैन् कि ? प्रश्न एउटा यसरी पनि जन्मिएको छ ।
सुझाव : पोखरीमा भवन नबन्नुपर्ने बनिसकेपछी के का लागि बनाएको थियो त्यही प्रयोजनमा प्रयोग गर्नु वास्तविक शिक्षा दिनु हो । प्रबुद्ध व्यक्तित्वका व्यक्तिहरु पर्यावरण मासेर वातावरणमा संरक्षण अग्रसर हुन्छन् भने समाजले अर्को के गर्ने होला ? भृगु ऋषिले छातीमा लात हिर्काएको सार दण्ड होईन् भन्दै छाती मेरो कठोर छ कतै हजुरलाई चोट लाग्यो कि भन्दै सद्भाव तदर्पण गर्नु जस्तै आवश्यकता बनिएको भवन उचित तवर राजनैतिक रहित वातावरणमा, भेदभावरहित सम्बन्ध प्रगाढ समाजमा बनाउनु पर्छ हैसियतै नभएपनी सुझाव दिन चाहें ।
सामुदायिक शिक्षालय एक भगवान् जस्तै हो । भगवानले समाजको रक्षा गर्ने नीतिलाई अवलम्बन गर्नुपर्छ भने दोषमुक्ती लोभरहित स्वार्थत्यागेर अघि सर्नुपर्छ । ज्ञान मात्र होईन् सीप शिक्षा र उत्पादनको प्रत्याभूति समाजलाई गराउनु सक्नुपर्छ । अन्तमा, (उपायको लागि)२४१५० घरधुर छन् । १००/- आर्थिक सहयोक वार्षिक उठाउने हो भनेपनि २४ लाख १५ हजार उठ्छ । यो समुदायको आवश्यकतालाई सामाजिक प्राणी दिने योगदान हुन् । अर्को भौतिक विकास बजेटबाट शैक्षिक संस्थाहरु सहिद, मंगल र जनाधार उत्थानको लागि वडा लगायत नगरपालिकाले न्यून भन्दा न्यून रकम विनियोजित गर्दा कीर्तिपुर विकास समृद्धि खासै असर पर्छ जस्तो लाग्दैन् ।
स्थानीय करको केही रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दा हाम्रै गाउँठाउँ समृद्धि हुने हुन् बुझिदिन सत्ता र शक्तीमा आसिन बौद्धिक व्यक्तित्वमा अनुरोध छ । स्मरण रहोस् स्वास्थ्य बिमा भन्दै हामी एक घर ३५००/- तिर्दै आएका छौं । अत: सोचमा जिद्दी र लालापनको निर्णय गरेर समाज दुषित नपार्न सबैमा अनुरोध छ । आँगनले डेरा पाउनु हामीमा क्यान्सर प्रत्यारोपण जस्तै हो सबैले बुझौं । कीर्तिपुर १४ वर्ग किलोमीटरमा फैलिएको भूगोल हो सबैलाई आफ्नोपन अनुभूति हुने कामको अपेक्षा गरौं । सद्भावबाटै सम्मानको सृजना हुनेहुन् भन्दै सहिद स्मारक कलेजले समाजको नेतृत्व गर्ने जिम्मा लिन सक्नुपर्छ ।


















