नर्भिकले शेयरधनीलाई बोनस दिने

28

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले ४२.११ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीले ४० प्रतिशत बोनस शेयर र उक्त शेयरको रक प्रयोजनका लागि २.११ प्रतिशत नगद लाभांश दिने भएको छ ।

हस्पिटलले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) समेत निष्कासन गर्ने भएको छ । कम्पनीले चारी पुँजीको २० प्रतिशत आईपीओ मार्फत सर्वसाधारणलाई वितरण गर्ने भएको छ ।

लाभांश र आईपीओ प्रस्ताव पारित सहित कम्पनीले वार्षिक साधारणसभा समेत डाकेको छ । कम्पनीले भदौ २९ गते काठमाडौंको थापाथलीस्थित बीएलसी सभाकक्षमा मध्याह्‍न साढे १२ बजेबाट सभा हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here