आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

22

 

काठमाडौं । उदयपुर, कटारी नगरपालिका-१ चुरियास्थित सडकमा दुधौलीबाट मिर्चैयातर्फ जाँदै गरेको ना.८ ख ५९४१ नम्बरको टिपरको वायरिङ तार सर्ट भई आगलागी हुँदा करिब १९ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

खोटाङ, केपिलासगढी गाउँपालिका-४ बाक्सिला हरेलीडाँडा बस्ने ३२ वर्षीय शेखर राईको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here