बजारमा सुनको मूल्य फेरि बनायाे रेकर्ड

22

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

आइतबार एकैपटक ३ हजार रुपैयाँ बढेर छापावाल सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६०० रुपैयाँ कायम भएको थियो।

यसैबिच चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here