सेनाले राष्ट्रपतिसँग हुने वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको माग

20

काठमाडौं । अन्तरिम सरकार गठनका लागि नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने वार्तामा बस्नका लागि जेनजी समूहसँग प्रतिनिधिको मागेको छ ।
अहिले जेनजीका विभिन्न समूहले छलफलका लागि नाममा पठाउन थालेका छन् । उनीहरुले राजनीतिका तथा अर्थतन्त्रका जानकार व्यक्तिहरु सम्मिलत प्रतिनिधिहरु पठाउने तयारी गरेका छन् ।

हिजो मंगलबार मात्र राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गर्दै वार्तामा आउन आह्वान गरेका थिए। त्यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भिडिओ सन्देश जारी गरी आन्दोलन रोकेर वार्तामा आउन आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here