पुर्वप्रम खनालकी पत्नीको स्वास्थ्य अवस्था चिन्ताजनक

45

काठमाडौं । कीर्तिपुर वर्न अस्पतालमा उपचाररत पुर्व प्रम एवम् नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।

कीर्तिपुर वर्न अस्पतालका प्रमुख डा. किरण नकर्मीले आगजनीमा घाइते हुनुभएकी चित्रकारको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जानकारी दिनुभयो।  उहाँको अस्पतालको आइसियूमा राखिएको छ।

मङ्गलबार हिंसात्मक प्रदर्शनका क्रममा आन्दोलनकारीले डल्लुस्थित झलनाथको घरमा आगो लगाउँदा समयमै बाहिर निस्किन नसक्दा उहाँ जल्नुभएको थियो।

आन्दोलनका क्रममा आगजनीमा घाइते भएर ३० जना वर्न अस्पतालमा गएको डा. नकर्मीले जानकारी दिनुभयो। घाइतेमध्ये पाँच जना अस्पतालमा उपचाररत छन्।

उहाँ भन्नुहुन्छ, ‘आन्दोलनका  क्रममा आगोमा जलेर ३० जना घाइते आउनुभएको थियो।  धेरै जना उपचारपछि डिस्चार्ज भइसक्नुभएको छ भने केहीको अवस्था गम्भीर छ। ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here