प्रधानमन्त्रीद्वारा सत्ताको रसस्वादन गर्न नआएको स्पष्ट

16
????????????? ??????-??????? ????????, ?? ??? : ????????????? ?????? ?????? ?????? ?????????????? ????????????? ??? ??????????????? ?????????? ????? ????? ??? ?????? ???????????? ??????? ?????????? ? ?????? : ???? ???????/????

काठमाडाैं । शुक्रबार प्रधानमन्त्री बनेका सुशीला कार्कीले आफू इच्छाले नभई विवशतापूर्वक यो पदमा पुगेको जानकारी गराइन् ।  उनले ६ महिनाभित्र चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई जिम्मेवारी हस्तान्तरण गर्ने ठूलाे जिम्मेवारी रहेकाे जनाएका छन्।

आज सिंहदरबारमा सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले यसो धारणा राखेकी  हुन्।

उनले , ‘म रहरले आएको नभई  सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न नआएको स्पष्ट पार्दै आफ्नाे उमेर समेत नभएकाे जनाए ।’

उनी ६ महिनाभन्दा बढी समय नबस्ने अठोटका साथ आएको जनाइन्।

‘हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस्,’ कार्कीले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here