साफ यू-१७ च्याम्पियनसिपमा फाइनल पुग्न नेपालले भारतसँग खेल्दै

29

काठमाडौं । श्रीलंकामा जारी साफ साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरण अन्तर्गत सोमबार भएको खेलमा पाकिस्तानलाई ३-२ ले हराएर भारत समूह बी को विजेता बनेपछि नेपाल र भारतको भेट पक्का भएको हो ।

भारतले समूह बी मा सबै तीन खेल जितेर ९ अंक जोड्दा पाकिस्तानले ६ अंक जोड्यो । यस्तै समूह बी को उपविजेता बनेको पाकिस्तानले सेमिफाइनलमा समूह ए को विजेता बंगलादेशसँग खेल्नेछ ।

समूह ए म दुवै खेल जितेको बंगलादेश ६ अंक जोडेर समूह विजेता बनेको थियो भने एक जित र एक हारको नतिजासहित नेपाल उपविजेता बनेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४-० ले पराजित भएको थियो । सेमिफाइनलका खेलहरू बिहीबार हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here