एस पार्टीलाई पार्टी एकता गर्न प्रस्ताव

19

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीलाई पार्टी एकताका लागि आउन प्रस्ताव गरेका छन्।

एमाले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले राष्ट्रिय एकताका लागि पार्टीहरू मिल्नु जरुरी रहेको जनाए।

एकीकृत समाजवादीले माओवादीसँग एकताको तयारी गरिहँदा ओलीले एमालेतर्फ आउन आग्रह गरेका हुन्।

´कसैका चौतारीमा  छिर्न नजानुहोस्। यो मजबुत घर छ। यहाँ आउनुहोस्’ उनले भने,’ लाखौं  कार्यकर्ता भएको पार्टी हो।यसमा आउनुहोस्। अन्यत्र बास खोज्दै नहिँड्नुहोस् ।’

उनले अन्य पार्टीहरूलाई पनि एकता र सहकार्यमा आउन अपिल गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here