मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक

17

काठमाडाैं । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

सार्वजनिक भएका ११ निर्णयमध्ये संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनमा संशोधन गर्ने, मोरक्कोमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने लगायतका विषय समावेश छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here