गृहमन्त्री अर्यालसँग वार्तामा दुर्गाप्रसाई अनुपस्थित

17

काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको नागरिक बचाउ महाअभियानको टीम गृहमन्त्री ओमप्रका अर्यालसँग वार्ताका लागि सिंहदरबार पुगेको छ।

केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा अभियानको टोली मन्त्रालयमा पुगेका हुन्। दुर्गा प्रसाईँ भने गएका छैनन्।

प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छ्न्। गृहमन्त्रालयले वार्ताका लागि आजको समय दिएको थियो। यसअघि प्रसाईँले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेकोमा मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै समय उपलब्ध गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here