सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

15

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयानुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक/एक जना महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here