सोलुखुम्बु जिल्ला कमिटीबाट एमालेको प्रतिनिधिहरू चयन

18

सोलुखुम्बु । नेकपा एमालेको आशन्न ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बु जिल्ला कमिटीबाट सबै कोटामा प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्।

बिहीबार भएको चयन प्रक्रियाबाट खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बाँस्तोला महाधिवेशन प्रतिनिधि बनेका छन् । उत्पीडित कोटाबाट डीबी रानापाल प्रतिनिधि बनेका छन्।

महिला कोटामा कल्पना राई र मोहनकुमारी कार्की चयन भएका छन्। त्यसैगरी ४० वर्षमुनिका युवा कोटाबाट जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि भएका छन्।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरमा तयारी तीव्र भएको छ । एमालेले यही मंसिर १३ गते देशभरबाट महाधिवेशन प्रतिनिध चयन गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here