काठमाडौं । टोखा नगरपालिका-३ लक्ष्मीटोल डेरा गरी बस्ने नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१६ घर भएकी २० वर्षीया नबिना घर्ति मगरको कोठाबाट करिब १ लाख २० हजार रूपैयाँ बराबरको सुनको गहना मंगलबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१३ बाफल डेरा गरी बस्ने उदयपुर कटारी घर भएकी २६ वर्षीया सानु मगरको कोठाबाट सुन तथा चाँदीका गरगहना गरी करिब १ लाख ६६ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















