काठमाडौं । बागलुङ, गलकोट नगरपालिका-१० कालखानीस्थित कालखानी सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ८ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यायल बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यसैगरी बागलुङ, तमानखोला गाउँपालिका-२ सिलगुमस्थित सिलगुम सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ९ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यायल बुर्तिबाङबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
म्याग्दी, मालिका गाउँपालिका-४ चिउरीबोट जंगलबाट भरूवा बन्दुक ५ थान बुधबार साँझ प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















