बोरामा प्याक गरेको अवस्थामा शव फेला

24

काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनका अनुसार ती वृद्ध शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थियो । खोजी गर्ने क्रममा आज (सोमबार) ललितपुरकै किस्ट अस्पताल नजिकैको इनारमा उनको शव भेटिएको हो ।

बोरामा राखेर इनारमा फालेको अवस्थामा शव भेटिएको एसएसपी बोगटीले जनाए । घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

इलाम घर भएका उनी ललितपुर महानगरपालिका-१७ प्रसिद्ध टोल बस्दै आएका थिए । बोरामा प्याक गरेको अवस्थामा शव भेटिएकाले हत्या भएको निष्कर्ष निकालेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here