१५ शय्याको अस्पताल संचालनमा

18

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालले १५ शय्याको अस्पताल संचालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बुधबार त्यसको उद्‍घाटन गरेका हुन् ।

प्रदेश प्रहरी कार्यालयभित्र रहेको १५ शय्याको अस्पतालमा प्रहरीमात्र नभई नागरिकले पनि सहजै उपचार सेवा पाउने प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी माधव श्रेष्ठले बताए । अस्पतालमा अन्तरंग विभाग, ल्याब, फार्मेसी, माइनर अप्रेसन, ओपीडी संचालन हुने छन् ।

प्रदेश प्रहरीका अनुसार कर्णालीका १० जिल्लाका बहालवाला प्रहरी, तिनमा आश्रित परिवार र भूपू प्रहरी, अमर प्रहरी लगायत सर्वसाधारणलाई उपचार सेवा दिने अस्पतालको उद्देश्य रहेको छ । संकटको सारथिका रूपमा रहेको नेपाल प्रहरी उद्धार, राहत मात्र नभएर नागरिकको स्वास्थ्य उपचारमा पनि सक्रिय भएको देख्न पाउँदा खुसी लागेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जनाए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले जनस्तरसँग गाँसिएको संस्था भएकाले यहाँबाट दिने सेवाले अर्थ राख्ने बताए । ‘जुन किसिमको जनघनत्व कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बढिरहेको छ, त्यसको तुलनामा स्वास्थ्य क्षेत्रको विविधायुक्त सेवा प्रदान गर्न आवश्यक छ,’ उनले भने, ‘नेपाल प्रहरीका अन्य संरचना नहुँदा पनि स्वास्थ्यजस्तो जटिल विषय ध्यानमा राखेर सेवा दिएको देख्दा खुसी लाग्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here