सुनको भाउ आज समान्य बढ्याे

14

काठमाडौं । साताकाे पहिलाे दिन सुनको भाउ आज समान्य बढेको छ ।

सुन तोलामा ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   शुक्रवार सुनको भाउ तोलाको २ लाख ७७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर तोलाको ५ हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको ५ हजार ६ सय ४५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here