काठमाडौं । राप्रपाले काठमाडौं- ५ मा पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आइतबार बसेको राप्रपा संसदीय समितिको बैठकले थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
कमल थापा लड्ने भनिएको सो क्षेत्रबाट पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, हिक्मतजङ्ग कार्की लगायत सिफारिस भएका थिए । अघिल्लो निर्वाचनमा थापा एमालेको सूर्य चिन्हबाट मकवानपुरमा चुनाव लडे पनि पराजित बनेका थिए।


















