चुनावी प्रचारप्रसार गर्न बालेन नेपालगञ्जमा पुग्याे

9

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् ।

सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् ।

सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् । यसअघि उनी झापासहितका पूर्वी जिल्लाहरू पुगेका थिए ।

रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् । यसका लागि उनले काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका थिए ।

झापामा भने बालेन पत्नी सविना काफ्ले मतदातासँग भेटघाट गरिरहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here