नेपाल कुन दिशातिर झुक्छ, कसले सरकार बनाउँछ, विदेश नीति कस्तो हुन्छ, यी सबै कुराले क्षेत्रीय शक्ति सन्तुलनमा असर पार्छ। भारतको चासो ? भारतका लागि नेपाल: १९५० काे सन्धि काेशी सन्धि (१९५४, संशोधन १९६६) महाकाली सन्धि (१९९६) सीमा र सुरक्षा (खुला सीमा, अवैध गतिविधि रोकथाम) विविध प्रकारका खनिज, भारतिय नागरिकको राेजगार जलस्रोत (नदी, विद्युत्) व्यापार र ट्रान्जिट सांस्कृतिक–ऐतिहासिक सम्बन्ध भारत चाहन्छ: “नेपालमा यस्तो सरकार होस्, जसले भारत–नेपाल सम्बन्ध बिगार्ने जोखिम नल्याओस्।” त्यसैले चुनावमा स्थिरता आउने कि अस्थिरता? भन्ने कुरामा भारतको चासो रहेकाे देखिन्छ ।चीनको चासो ? चीनका लागि नेपाल: तिब्बत सुरक्षा BRI (बेल्ट एन्ड रोड) परियोजना भारत र पश्चिमी प्रभाव सन्तुलन चीन चाहन्छ: “नेपालमा चीनविरुद्ध नउठ्ने, स्थिर र मित्रवत सरकार होस् भन्ने चाहन्छ।” त्यसैले चीनले चुनाव शान्तिपूर्ण र स्थिर होस् भन्ने कुरामा जोड दिन्छ। अमेरिकाको चासो ? अमेरिकाको चासो अलि फरक छ: लोकतन्त्र र मानवअधिकार नागरिक समाज, युवा सहभागिता Rule of law विश्वमा नै चिनकाे दबदबा बधिरहेकाे अमेरिकाकाेलागी टाउको दुखाइकाे बिषय बनिरहेकाे बेला चीनको प्रभाव सन्तुलन गर्न अमेरिका तछादमछाद गरेर लागिपरेको देखिन्छ। भन्नलाई अमेरिका यसाे भन्छ: “चुनाव निष्पक्ष होस्, लोकतान्त्रिक मूल्य कमजोर नहोस्।” त्यसैले अमेरिका चुनावी प्रक्रिया र लोकतान्त्रिक अभ्यासमा चासो देखाउँछ।
मुख्य कुरा के हो भने? यी तीनै देश: सीधै भोट हाल्दैनन् सरकार बनाइदिँदैनन् तर कूटनीतिक संकेत विकास सहायता राजनीतिक सन्देश सार्वजनिक/नरम दबाब मार्फत आफ्नो हित सुरक्षित गर्ने प्रयास गर्छन्। नेपालको चुनाव = नेपालभित्रको मात्र होइन, दक्षिण एशियाको शक्ति सन्तुलनसँग जोडिएको विषय हो। त्यसैले अमेरिका, भारत र चीन तीनै देश सजगतापूर्वक हेरेर बसेका हुन्छन्। “विदेशी चासोबाट नेपाल कसरी जोगिन सक्छ त ?” नेपाल जोगिनु भनेको बिदेशीकाे लागि ढोका बन्द गर्नु होइन, ढोका आफ्नै हातले खोल्ने र बन्द गर्न सक्ने हैसियत बनाउनु हो। त्यसका लागि व्यवहारिक उपायहरू यसरी बुझौँ ।
१) बलियो “राष्ट्रिय नीति” – व्यक्ति होइन, नीति बोल्नुपर्छ विदेशी प्रभाव तब बढ्छ जब: नेपालीको नीति कमजोर हुन्छ नेताहरू व्यक्ति केन्द्रित हुन्छन् नेपालले के गर्नुपर्छ? राष्ट्रिय हितमा आधारित स्पष्ट विदेश नीति सरकार फेरिए पनि नबदलिने Core National Policy संसदबाट पास भएको राष्ट्रिय सुरक्षा/परराष्ट्र नीति व्यक्ति बदलिँदा देशको दिशा नबद्लियोस्।
२)स्वच्छ र पारदर्शी चुनाव विदेशी प्रभाव यसरी छिर्न खाेजिरहेकाे छ।विदेशमा प्रशिक्षिण लिएका राजनैतिक पार्टी, उमेदवारहरुलाई चुनावमा उठाउने तिनिहरुलाई जिताउन सामदाम दण्ड भेद प्रयाेग गर्ने ।यस्तो कार्य तिब्ररुपमा फागुन २१ मा हुने चुनावमा देखिरहेको छ। बिदेशी नियाेगहरु आफ्ना शक्ति सन्तुलन गर्न भोट किनेर, ब्यालेत बाकस सातेर भएपनि आफ्ना समर्थक उमेदवारलाई जिताउने अभियानमा छन् । याे गर्नुकाे मुख्य उदेश्य बिकाउ नेपालीलाई क्षणिक लाभ देखाएर युगाैं युग सम्म समग्र नेपाल नेपालीलाई दास बनाउने रणनीति। नेपाललाई भारतमा बिलय गराउने । चिनविराेढी गतिविधि सञ्चालन गर्न बेस तयार गर्न। उपाय: चुनावी खर्चको कडाइ विदेशी फण्ड, NGO/INGO को पारदर्शी अडिट सामाजिक सञ्जालमा विदेशी प्रोपेगाण्डा निगरानी बलियो चुनाव आयोग = बलियो सार्वभौमसत्ता ।
३) जनचेतना – सचेत जनता, विदेशी षड्यन्त्रको औषधि अज्ञानी जनता भए: “विदेशीको भाषा बोल्ने नै देशभक्त ठानिन्छ।” के चाहिन्छ? विद्यालयमै नागरिक शिक्षा तथ्य जाँच (fact-checking) संस्कार गाउँ–टोलसम्म राजनीतिक साक्षरता सजग जनता भए विदेशी खेल कमजोर हुन्छ।
४) आर्थिक आत्मनिर्भरता – विदेशी दबाब घटाउने सबैभन्दा ठुलो हतियार नेपाल कमजोर किन देखिन्छ? “हामी ऋण र अनुदानमै अड्किएका छौँ।” समाधान: जलविद्युत्, कृषि, पर्यटनमा आत्मनिर्भर स्वदेशी उद्योग संरक्षण अनावश्यक आयात घटाउने आर्थिक रूपमा बलियो देशलाई कसैले हेप्न सक्दैन।
५) सन्तुलित कूटनीति – कसैको गुटमा नलाग्ने नेपालको शक्ति: “न भारतको शत्रु, न चीनको मोहरा।” रणनीति: Equidistance होइन, Equi-engagement सबैसँग मित्रता, कसैसँग दासता होइन संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय कानुनको सहारा झुक्ने होइन, जोगिने कूटनीति।
६) बलियो संस्था – नेता गए पनि देश नहल्लियोस् विदेशी खेल संस्था कमजोर हुँदा हुन्छ। बलियो बनाउनुपर्ने: न्यायपालिका सेना (राजनीतिबाट टाढा) अनुसन्धान निकाय लेखा नियन्त्रक संस्था बलियो भए नेता कमजोर भए पनि देश जोगिन्छ।
७) राष्ट्रिय एकता – विभाजन नै विदेशीको अवसर धर्म, जात, क्षेत्र, भाषा: “हामीलाई फुटाउने औजार।” उपाय: राष्ट्रिय पहिचानलाई प्राथमिकता असहमति स्वीकार, घृणा अस्वीकार राजनीतिक बहस, तर राष्ट्रविरोध होइन एकता भएको देशलाई खेलाउन गाह्रो हुन्छ।
निष्कर्षमा नेपाल तबमात्रै विदेशी चासोबाट जोगिन्छ जब नेपालकाे नीति बलियो, जनता सचेत, अर्थ आत्मनिर्भर र कूटनीति सन्तुलित हुन्छ। विदेशीकाे स्वभावै हाे सधैं कम्जोर राष्ट्र माथि दबाब सृजना गर्ने आफु अनुकुल चलाउने हामी कति सजग छौँ, त्यो नै निर्णायक कुरा हो । जाे आउँदै गरेकाे फागुन २१ गते नेपाली ले प्रस्त्याउने छ।


















