काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गरेका छन् ।
आइतबार अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, सहसचिव तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्ले लगायतको टोलीले भक्तपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का राधिका सुवालसँग निर्वाचन केन्द्रित तयारी र प्रशासनिक कार्यहरूको बारेमा जानकारी गराएका हुन् ।
यस्तै, आजै, गृहमन्त्री अर्याल भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको पनि अनुगमन गरे । माघ ८ गतेको मध्य राति सुधारगृहमा भएको आगजनी र तोडफोडपछि गृहमन्त्री आइतबार सुधार गृहको वस्तुस्थिति बुझ्न त्यहाँ पुगेका हुन् ।


















