काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-२१ पुरैनाबाट कटुवा पेस्तोल १ थान र कार्टिज २ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खेतमा रहेको परालको कुन्युमा लुकाई छिपाई राखिएको उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
बागलुङ, काठेखोला गाउँपालिका-३ धम्जा साइकट्टास्थित जंगल छेउबाट एकनाले भरूवा बन्दुक २ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बिहुबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
म्याग्दी, रघुगंगा गाउँपालिका-६ स्थित रायखोर जंगलबाट भरूवा बन्दुक १ थान मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















