नवनियुक्त चिनियाँ राजदूतमा माओमिङ

24

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् ।

एअर चाइनाको सिए ४३७ उडानमा उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएका हुन् । चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए ।

नेपाल आएलगत्तै राजदूत चाङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बतायो । चाङ नेपाली राजनीति तथा कूटनीतिक वृत्तमा परिचित नाम हो ।

नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा उनी परिचित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here