काठमाडौं । नवलपरासी पूर्व, देवचुली नगरपालिका-१४ देवचुली चोकस्थित सडकमा बा.२१ च ५१६८ नम्बरको स्कारपियोले साइकललाई बिहीबार दिउँसो ठक्कर दिदाँ साइकलमा सवार सोही नगरपालिका-१४ बस्ने १४ वर्षीय रिप्सन सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बागलुङ, बागलुङ नगरपालिका-३ शिवधारा चोकस्थित सडकमा ग.३ च ८६२१ नम्बरको भ्यान अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा भ्यानमा सवार सोही नगरपालिका-३ बस्ने १५ वर्षीय अमन बोहोराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भ्यानमा सवार चालक समेत १३ जनाको सोही अस्पतालमा, २ जनाको गण्डकी अस्पताल पोखरा र ७ जनाको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।
सिराहा, कल्याणपुर नगरपालिका-४ डडुलस्थित सडकमा प्र.२ -०१-००१ त १३२० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक कल्याणपुर नगरपालिका-४ डडुल बस्ने बेचन यादव छोरा १३ वर्षीय रिकेश कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी अस्पताल कल्याणपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















