युरोपा लिगको क्वाटरफाइनल चेल्सी विजय

89

इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको क्वाटरफाइनलअन्तर्गत पहिलो लिग खेलमा जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिकको क्लब स्लाभियालाई १-० गोलअन्तरले पराजित गरेको हो । चेल्सीको जितमा मार्कोस एलोन्सो नायक बने । उनकै गोलमा चेल्सीले जित हात पारेको हो ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले खेलको अन्तिम समयतिर गोल गर्न सफल भएको थियो । चेल्सीका एलोन्सोले ८६ औं मिनेटमा गोल गर्दै जित दिलाएका थिए । खेल अवधिभर आफ्नो पकडमा बललाई राख्न सफल भएपनि चेल्सीले थप गोल गर्न भने सकेन । त्यस्तै, भिल्लारियल भ्यालेन्सियासँग ३-१ गोलन्तरले पराजित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here